एभरेष्ट बैंकद्वारा लुम्बिनीको पाँच स्थानमा शाखा विस्तार, अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराइने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एभरेष्ट बैंकद्वारा लुम्बिनीको पाँच स्थानमा शाखा विस्तार, अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराइने

काठमाडौँ / एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीको विभिन्न पाँच स्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले समाजमा रहेको ठुलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि लुम्बिनीको नयाँ पाँच स्थानमा शाखा विस्तार गरेको हो । 

बैंकले फागुन १ गते लुम्बिनीको खैरेनी, योगिकुटि र मणिग्राममा र फागुन २ गते जितपुर, मुर्गियामा आफ्ना शाखाहरू उद्घाटन गरेको जनाएको छ । 

सो शाखाहरूको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र सम्बन्धित वडाका वडाध्यक्षले संयुक्त रूपमा गरेका थिए । 

उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक  अनिल कुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेतीलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो । 

Read More
  • MBL - below news