सांग्रिला डेभलपमेन्ट बैंकले ग्रामीण क्षेत्रका साथै शहरी इलाकामा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा चौरजहारी नगरपालिका वडा नं. २, रुकुम (पश्चिम) स्थीत आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । सोमवार चौरजहारी नगरपालिकाका नगर प्रमुख श्री विशाल शर्माज्यूबाट चौरजहारी शाखा कार्यालयको उत्घाटन गरिको बैंकले जनाएको छ । यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०८ पुगेको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु मार्फत सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बनेको जनाएको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालनमा ल्याउने जनाएको छ ।






