महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्न चयन गर्यो बिक्रि प्रबन्धक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्न चयन गर्यो बिक्रि प्रबन्धक

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपिओ निष्काशन गर्नको लागि बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले सानिमा क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो ।

बिक्रि प्रबन्धक नियुक्ति सम्झौतामा महालक्ष्मी लाइफको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले  हस्ताक्षर गरेका छन्।

कम्पनीले जारी पुँजी २ अर्बको  ३० प्रतिशतले हुन आउने रकम  साठि करोड बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारण (कर्मचारी समेतलाई) जारी गर्न लागेको हो । मिति २०७५÷१०÷१ गते बीमा समितिबाट जीवन बीमा कारोबार इजाजत प्राप्त महालक्ष्मी लाईफ इन्स्योरेन्स लि. ले ६३ वटा शाखा तथा उपशाखा मार्फत १३ वटा बीमा योजनाहरु बिक्रि वितरणका लागि सञ्चालनमा ल्याइसकेको छ ।

Read More
  • MBL - below news