जाल्पा लघुवित्तको आईपीओ बाँडफाँट : ४८ हजार ७९० जनाले पाए १० कित्ताका दरले शेयर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
जाल्पा लघुवित्तको आईपीओ बाँडफाँट : ४८ हजार ७९० जनाले पाए १० कित्ताका दरले शेयर

फागुन १, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । आइतवार साँझ ५ बजे भएको बाँडफाँट कार्यक्रममा भाग्यमानी ४८ हजार ७९० जनाले १० कित्ताका दरले शेयर पाएका छन् । 

विक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओ खरीदका लागि २७ लाख ९ हजार ८५५ जनाले ३ करोड ३१ लाख ४७ हजार १५० कित्ताका लागि आवेदन दिएका थिए । 

कुल आवेदकहरुमध्ये १ लाख १८ हजार १५३ जनाको आवेदन रद्द भएको विक्री प्रबन्धकको भनाइ छ । योग्य २५ लाख ८७ हजार ४१२ जना आवेदकहरुको आवेदनलाई बाँडफाँटमा सहभागी गराइएको विक्री प्रबन्धकले जानकारी दिएको छ ।

कम्पनीले माघ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री गरेको थियो । कम्पनीले सार्वजनिक निष्कासन मार्फत विक्री गरेको ४ लाख ८७ हजार ९०० कित्ता शेयर बाँडफाँट गरेको हो । सर्वसाधारणका लागि छुट्याएको रू. ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता आईपीओमध्ये कम्पनीले शून्य दशमलव पाँच प्रतिशत अर्थात् ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको छ भने पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लागानी कोषलाई बाँडफाँट गरिसकेको छ । 

Read More
  • MBL - below news