सांग्रिला डेभलपमेन्ट बैंकको १०७ औं शाखा सल्ली बजारमा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रिला डेभलपमेन्ट बैंकको १०७ औं शाखा सल्ली बजारमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रम सँगै  सल्ली बजार, वनगाड कुपिण्डे नगरपालिका वडा नं.१ सल्यानमा शाखा संचालनमा ल्याएको छ ।
बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । सल्ली बजार शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । 
यो सँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या १०७ पुगेको छ र आजको यस शाखाको उद्घाटन वनगाड कुपिण्डे नगरपालिकाका मेयर श्री गोविन्द कुमार पुनज्यूले जानकारी गराउनु भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ् सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको पनि बताउनुभएको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ ।

Read More