फेरि नयाँ आईपीओ खुल्दै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
फेरि नयाँ आईपीओ खुल्दै

 

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले तीन लाख ९९ हजार कित्ता बराबरको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले हाल कायम आफ्नो २० करोड जारी पुँजी मध्ये १० प्रतिशत अर्थात् २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर स्थानिय प्रभावितलाई र  बाँकी १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता सेयर कर्मचारी तथा सामूहिक लगानी कोष र सर्वसाधारणलाई छुट्याउन लागेको हो । 

 

सोही आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि कम्पनीले बुधबार प्रभु क्यापिटललाई छनोट गरेको छ । उक्त सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष बद्री प्रसाद गौतम र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । 

Read More
  • MBL - below news