काठमाडौँ / ज्योति विकास बैंकले शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टर र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई सहयोग गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत उक्त सहयोग गरेको हो ।
एक कार्यक्रमको आयोजना गरी बैंकले कोहलपुर नगरपालिका वडा नं.१५, बाँके स्थित शम्सेरगंज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको कृयापुत्री भवनलाई ग्यास गिजरहरू हस्तान्तरण गरेको छ।




