काठमाडौँ / स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एम सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस र राष्ट्रिय स्तरको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंकबीच भुक्तानी सेवा र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि उक्त सम्झौता भएको हो ।
सोमबार राजधानी काठमाडौँमा आयोजित एक कार्यक्रमकावीच स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र कामना सेवा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरे ।








