कुमारी बैंकको कामु सीइओमा रामचन्द्र खनाल नियुक्त


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकको कामु सीइओमा रामचन्द्र खनाल नियुक्त

काठमाडौं : कुमारी बैंकको कामु सीइओमा रामचन्द्र खनाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले यसअघि कुमारीमै चिफ अपरेटिङ अफिसर रहेका खनाललाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरी कामु सीइओको जिम्मेवारी दिएको हो । खनाल अनुभवी बैंकर हुन् ।

बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमल्सिना र नायब प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिनाले राजीनामा दिएपछि खनाले यो अवसर पाएका हुन् । बैंक सञ्चालक समितिले स्वेच्छिक अवसका स्कीम (भीआरएस) ल्याएको थियो ।

Read More