मेटलाइफ विश्वकै प्रशंसित कम्पनीको सूचीमा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेटलाइफ विश्वकै प्रशंसित कम्पनीको सूचीमा

काठमाडौं (अस) । मेटलाइफले फच्र्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनीलाई विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीको सूचीमा राखेको जानकारी गराएको छ । सर्वोत्तम मानिएका कम्पनीको वार्षिक प्रतिवेदन कार्डमा ८ जीवन बीमा कम्पनी समावेश गरिएको थियो ।  

लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता ९ विभिन्न मानकमा बीमा उद्योगका कार्यकारी, निर्देशकसँग सर्वेक्षण गरी बीमा उद्योगमा बलिया र प्रतिष्ठित कम्पनीको पहिचानका लागि फच्र्युुनको कर्न फेरी नामक विश्वव्यापी संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ । मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिसेल खलाफले जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीमध्येमा परेकामा खुसी लागेको बताए ।

Read More