मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरूको सूचिमा


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरूको सूचिमा

न्यूयोर्क / मेटलाइफले फच्र्युन म्यागजिनद्वारा २०२२का लागि आफ्नो कम्पनीलाई ‘विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी’हरूको सूचिमा राखेको जानकारी गराएको छ । सर्वोत्तम मानिएका कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरू समावेश गरिएको थियो ।  

लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारकहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग सर्वेक्षण गरि बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फच्र्युुनको कर्न फेरि नामक विश्वव्यापि संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य रहेको छ ।

मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, मिशेल खलाफले आफ्नो कम्पनी जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरूमध्ये एक भएकोमा खुशी व्यक्त गरेका छन् । 

Read More