दुई वर्षमा थपिए १ करोड ४६ लाख इन्टरनेट प्रयोगकर्ता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
दुई वर्षमा थपिए १ करोड ४६ लाख इन्टरनेट प्रयोगकर्ता

२३ माघ, काठमाडौं । विगत दुई वर्षमा नेपालमा इन्टरनेट सस्क्राइबरको संख्या करिब डेढ करोडले बढेको छ । २०७६ मंसिरयता मात्रै १ करोड ४६ लाख ६७ हजार इन्टरनेट प्रयोगकर्ता बढेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

यसमा फरक इन्टरनेट कम्पनीको सेवा लिइरहेकाहरु एउटा ग्राहकलाई पनि ‘युनिक प्रयोगकर्ता’का गणना गरिएको छ ।

२०७६ मंसिरमा २ करोड १३ लाख ७३ हजार रहेको इन्टरनेट प्रयोगकर्ताको संख्या अहिले जनसंख्या भन्दा बढी ३ करोड ६० लाख ४१ हजार पुगेको नेपाल दूरसञ्चार प्राधिकरणको एमआईएस रिपोर्टले देखाउँछ ।

Read More
  • MBL - below news