१९ माघ, काठमाडौं। सोसल मिडिया कम्पनी मेटा (फेसबुक) ले आफ्नो क्रिप्टोकरेन्सी बिक्री गर्ने भएको छ । मेटाले आफ्नो डिएम (Diem) नामक क्रिप्टोकरेन्सी १८ करोड २० लाख डलरमा बिक्री गर्ने भएको हो ।
फेसबुकको क्रिप्टोकरेन्सी परियोजना सञ्चालन गरिरहेको द डिएम एसोसिएसनले एक घोषणा गर्दै आफ्नो क्रिप्टोकरेन्सीको सम्पूर्ण सम्पत्ति सिल्भरगेट क्यापिटल कर्पोरेसनलाई बिक्री गर्न लागेको जनाएको हो ।
सन् २०१९ मा लिब्रा नामबाट शुरू भएको फेसबुकका क्रिप्टोकरेन्सी शुरूवाती चरणबाटै नीतिनिर्माताहरुको विरोधको तारो बनेको थियो।








