सानिमा बैंकको सेवा अब कावासोती, बर्दिबास र अत्तरियामा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको सेवा अब कावासोती, बर्दिबास र अत्तरियामा

काठमाडौँ / सानिमा बैंक लिमिटेडले माघ १७ गते कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

कावासोती–८, नवलपुर स्थित कावासोती शाखाको समुद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरे । यसैगरी बर्दिबास–१, महोत्तरी स्थित बर्दिबास शाखाको समुद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुर कुमार कार्कीले र गोदावरी नगरपालिका–१, अत्तरिया स्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरि सिंह साउद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाले संयुक्त रुपमा गरे । 

समुद्घाटन् समारोहमा मेयर पुन, कार्की, साउद र अध्यक्ष देवकोटाले सानिमा बैंकलाई आफ्नो क्षेत्रमा बैंक शाखा पुगेको र कोभिड १९ को जोखिम न्यूनीकरण गर्न सुरक्षा सावधानीका उपायहरु अपनाएर व्यवस्थित गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् ।

Read More
  • MBL - below news