काठमाडौं । ईसेवा मनी ट्रान्सफर र कतार स्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीवीच रेमिट्यान्स् सम्झौता भएको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा रहेका ९ ओटा शाखाहरुमा गइ ईसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन सक्ने छन् ।
युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा इवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ । त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स् नेपालभरी रहेका इवा मनी ट्रान्सफरका दशहजार भन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ । साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगइ सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ।








