अर्थमन्त्री जनार्दन शर्माले भन्सार महसुलमा विद्युतीय भुक्तानी (इ–पेमेन्ट) प्रणालीको बुधबार सुरुआत गरेका छन्।
७०औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यो प्रणाली सुरु गरेका हुन्। यो प्रणाली लागू भएपछि व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत तिर्न सक्ने छन्। यसले घरमै बसेर भन्सार जाँचपास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता दिने मन्त्री शर्माले बताए।
हरेक वर्ष २६ जनवरीलाई अन्तर्राष्ट्रिय भन्सार दिवसका रूपमा मनाउँदै आइएको छ। यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो।







