एशियन लाइफको शेयरमूल्य समायोजन


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
एशियन लाइफको शेयरमूल्य समायोजन

माघ १२ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स (ALICL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

 

यस दिन नेप्सेले इन्स्योरेन्सको २५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १ हजार ५७ रुपैयाँ ६० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १ हजार ३२२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश पारित गर्न इन्स्योरेन्सले माघ २१ गते, होटल दियालो लर्डस प्लाजा, आदर्शनगर, वीरगंजमा १३ औँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

सभाले इन्स्योरेन्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, इन्स्योरेन्सको ५१ प्रतिशत स्वामित्व रहेको एशियन क्यापिटल लिमिटेडमा सामूहिक लगानी कोष सञ्चालन गर्न सम्बन्धित नियामक निकायबात स्वीकृती लिने तथा त्यसलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

Read More
  • MBL - below news