सबै भन्सार राजस्वको भुक्तानी अब विद्युतीय प्रणालीमार्फत


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सबै भन्सार राजस्वको भुक्तानी अब विद्युतीय प्रणालीमार्फत

११ माघ, काठमाडौं । भन्सार विन्दुमा अनलाइनबाट राजस्व भुक्तानीको पाइलट परियोजनाको परीक्षण सफल भएको छ । यससँगै भन्सारमा नगदरहित कारोबारको बाटो खुलेको भन्सार विभागले जनाएको छ ।

पुस एक गतेदेखि परीक्षणको रुपमा सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जबाट सुरु गरिएको अनलाइनमा आधारित भुक्तानी प्रणाली सफल भएको भन्सार विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यविक्रम खड्काले बताए ।

सुख्खा बन्दरगाहको सफल परीक्षणसँगै देशभरका २४ थप भन्सार कार्यालयहरुबाट यो सेवा बुधबारदेखि सुरु गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको भन्सार विभागले जनाएको छ ।

‘व्यापारीले भन्सार बिन्दुमा ल्याइपुर्‍याइएको माल वस्तुको सबै प्रकारको भुक्तानी अब घरबाटै गर्न सकिने भएको छ,’ खड्काले भने छ, ‘यसले भन्सारको कार्य सम्पादनमा चुस्तता आउने छ भने सेवाग्राहीको समय बचतसँगै सुरक्षाको पनि प्रत्यभूति हुनेछ ।’

Read More
  • MBL - below news