काठमाडौँ / “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्म साथ गर्दै नेपाली जनताको घर दैलोमा विगत २७ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तिय सेवाप्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ“एकशाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” संचालन गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिदै यस बैंककोे तिनचुली शाखाले एक विशेष कार्यक्रमका बिच स्पोट स्पेशल क्लवको आयोजनामा काठमाडौं महानगरपालीका वडा नं. ६ तिनचुलि-आरुबारी सडकखण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमान्डौ उपत्यकाको खाली ठाउँहरुमा वृक्षारोपणका साथै वोटबिरुवाको संरक्षण गर्नाले प्राकृतीक संन्तुलन तथा शहरी सुन्दरता पनि बढ्ने बताउदै महालक्ष्मी विकास बैंकले प्रकृति संरक्षणका कार्यहरु गरिरहेकोमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापाले धन्यवाद ज्ञापन गरे ।






