नेप्सेको पुरानो वेभसाईट ‘दिर्घरोगी’, पाएन उचित उपचार !


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्सेको पुरानो वेभसाईट ‘दिर्घरोगी’, पाएन उचित उपचार !

नेपाल स्टक एक्सचेन्ज नेप्सेको पुरानो वेभसाइटमा लामो समयदेखि विभिन्न समस्याहरु आउँदा लगानीकर्ताहरुले हैरानी व्यहोर्नु परेको छ । 

केहि दिन अघि मात्र पनि नेप्सेको पुरानो वेभसाइटमा प्राविधिक समस्या देखिँदा ३ दिनसम्म पनि मेरो सेयरमा कम्पनीको सेयरमूल्यमा कुनै पनि परिवर्तन भएको थिएन । समय समयमा नेप्सेको वेभसाइटमा आउने समस्याले गर्दा लगानीकर्ताहरुलाई मात्र नभई सिडिएससीलाई पनि समस्या पर्ने गरेको छ । 

कतिपय अवस्थामा त नेप्सेको वेभसाइटमा देखाउने डाटा र वास्तविक डाटामा समेत धेरै नै भिन्नता देखिने गरेको छ । यसरी हेर्दा नेप्सेको वेभसाइटलाई दिर्घरोग लागेको छ यसको समाधान हुन नसकेको हो वा गर्न नखोजिएको हो त्यो प्रश्न सँधै अनुत्तरित नै रहँदै आएको छ । नेप्से जस्तो संस्थाले आफ्ना वेभसाईटमा देखिने समस्यालाई प्राविधिक रुपमा देखिएको समस्या भन्दै टार्नुभन्दा किन यसको दिर्घकालिन समस्या खोजिँदैन ? 

Read More
  • MBL - below news