पुष्करराज जोशी
तरलता समस्याले गर्दा लघुवित्तलाई धेरै नै असर गरेको छ । वाणिज्य बैंकहरुले निक्षेपमा बढी व्याज दिँदा त्यही अनुसार ऋणमा पनि बढी लिन्छन् । लघुवित्तको ऋणको व्याजदरमा माथिल्लो सिलिङ हुन्छ ।
१५ प्रतिशतभन्दा माथि हामीले लिन पाउँदैन । हाम्रो कस्ट अफ फन्ड एकदमै बढेर स्पे्रड रेट चाँहि एकदमै घटेको छ । पहिला कस्ट अफ फन्ड ६ प्रतिशतको हाराहारीमा थियो, अहिले झन्डै ९ प्रतिशत पुगिसकेको अवस्था छ । ३ प्रतिशतले कस्ट अफ फन्ड बढ्नु भनेको त्यतिले नाफामा असर गर्छ ।
दोस्रो त्रैमासिक लघुवित्तको रिपोर्ट त कार्तिक, मंसीरको कस्ट अफ फन्डको कारणले त्यति धेरै नघट्ला जस्तो लाग्छ । चैत्र र असारमा निस्कने लघुवित्तको रिपोर्टमा धेरै असर देखिन्छ । मेरो विचारमा दोस्रो त्रैमासिक रिपोर्ट थोरैले मात्र घटेको आउँछ । हामीले थोक रुपमा बैंकहरु र केही होलसेल लघुवित्तबाट कर्जा लिने हो । दोस्रो त्रैमासिकमा विस्तारै कस्ट अफ फन्ड बढ्न थालेको हो । तिनीहरुले लघुवित्तलाई लिने कर्जाको व्याजदर बढाइदियो । कि त ऋण चुक्ता गर्नुस् कि व्याज दर बढ्छ भनिदिन्छ । चुक्ता गर्न सक्ने अवस्था हामीसँग छैन । अहिले लघुवित्तको वृद्धि भनेकै बचत निक्षेपबाट मात्रै हो । लघुवित्तले बचत परिचलन पनि ग्राहकभन्दा बाहिर जान मिल्दैन । लघुवित्तको ग्राहक सर्कल भनेको एकदमै सानो छ । । हाम्रो आफ्नै ग्राहकसँग मात्रै सीमित मात्रामा निक्षेप संकलन गर्न पाउँछ । हामीले ऋण लिने भनेकै वाणिज्य बैंकहरु र होलसेल लघुवित्त बैकिङ गर्ने आरएसडीसी, आरएमडीसी, साना किसानलगायतहरुसँग मात्रै हो ।
तरलता समस्याले धेरै असर गरेकै लघुवित्तलाई हो भन्न नसकेको मात्र हो । वाणिज्य बैकले व्याज दर बढ्यो भनेर १० प्रतिशतले निक्षेपमा व्याज दर बढ्ला लघुवित्तको सवालमा व्याज दर बढ्यो भनेर शत प्रतिशतसम्म पनि कर्जामा व्याज दर बढाइदिन्छ । हामीले ग्राहकसँग लिने व्याज दरको सीमा भने निश्चित गरिएको छ । हामीले ग्राहकसँग १५ प्रतिशतभन्दा बढी कर्जामा व्याज लिन पाउँदैनौं । लघुवित्त एसोसिएसन १५ प्रतिशतको सीमा चलाउन लागि परेको छ ।







