एउटा लेजर सिष्ट्रमबाट सुरुवात भएको नेपालको बैंकिङ इतिहास आज डिजिटलाइजेशनको जमानामा आइपुगेको छ। परम्परागतरुपमा प्रवाह भएको बैंकिङ सेवालाई (वित्तीय प्रविधि) फिनटेकको माध्यमबाट प्रदान गर्ने प्रविधि नै डिजि बैंकको अवधारणा हो।
विश्व प्रविधिको बजारमा अत्याधुनिक प्रविधिमार्फत ग्राहकले सेवा लिइरहेको अवस्था छ। विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्राकोषले पनि प्रविधिको भरपुर प्रयोग गरि डिजिटल बैंकिङको विकास गर्ने सोचलाई प्राथमिकतामा राखेको छ भने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, नेपालका बैंक तथा वित्तीय संस्थाहरुले पनि यसको आवश्यकताको महसुस गरेका छन्।
विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण आफ्नो वित्तीय आवश्यकताको परिपूर्ति ग्राहकहरुले घरबाटै गरेका छन् । खासगरि डिजी बैंक अर्थात् डिजिटल बैंकिङका उच्च आवश्यकताको मनन् गरि वित्तीय प्रतिधिलाई ब्यापक बनाउने, विश्व बजारमा आविस्कार भएका नयाँ प्रविधिसँगै सो को पूर्वाधार निर्माण गरि यसको विस्तार गर्दा, वित्तीय प्रविधिसँगै वित्तीय क्षेत्रले नयाँ गोरेटो कोर्दै आएको छ।








