महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान

काठमाडौँ / महालक्ष्मी विकास बैंककोे शङ्खमूल शाखाले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन प्रदान गरेको छ ।

बैंकले बुद्घनगर वडा नं. १० मा अवस्थित बुद्घनगर आधारभुत विद्यालयलाई एक विशेष कार्यक्रमकाबीच स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो । 

‘सबल बैंक, सफल सहकार्य’को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २७ वर्ष देखि अनवरत रूपले गुणस्तरिय वित्तिय सेवा प्रदान गर्दै आएको बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रूपमा समाजलाई योगदान पु-याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ सञ्चालन गर्दै आइरहेको छ । 

सोही कार्यलाई निरन्तरता दिने क्रममा बैंकले  विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । 

Read More
  • MBL - below news