नेपालको इन्टरनेटमा किन आयो एक्कासी समस्या ? युरोप मध्यपूर्व र अमेरिकामा पठाइने इन्टरनेटमा पनि असर


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपालको इन्टरनेटमा किन आयो एक्कासी समस्या ? युरोप मध्यपूर्व र अमेरिकामा पठाइने इन्टरनेटमा पनि असर

समुन्द्र मुनी राखिएको केबलमा समस्या आएपछि नेपालको इन्टरनेटमा एक्कासी समस्या आएको छ ।
 

नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले एक बिज्ञप्ती जारी गर्दै अन्तर्राष्ट्रिय रुपमा इन्टरनेट प्रवाहको लागि प्रयोग हुने सब मरिन केबलमा समस्या देखिएका कारण नेपालको इन्टरनेट सेवा प्रभावित भएको जनाएको हो ।
 

विश्वभर इन्टरनेट सेवा प्रवाहको लागि समुद्र मुनी बिछ्याइएको सब मरिन केबलहरुमा समस्या भइरहेको कारण युरोप मध्यपूर्व र अमेरिकामा पठाइने इन्टरनेट ट्राफिकमा असर परेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘नेपालमा अन्तराष्ट्रिय इन्टरनेट सेवा उपलब्ध गराउने टाटा एयरटेल सिफीका अनुसार मुम्बई खाडी मार्गमा रहेको सब मरिन केबलहरुमा समस्या देखिएको छ । यस कारण मुम्बई हुँदै युरोप मध्यपूर्व र अमेरिकामा पठाईने इन्टरनेट ट्राफिकमा असर परेको छ ।’ 

Read More
  • MBL - below news