महिलामा उद्यमशीलता प्रवद्र्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकास केन्द्र नेपालका बीच त्रिपक्षीय सम्झौता भएको छ ।
नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसीप फोरमको तर्फबाट संयोजक छाँया शर्मा र महिला शक्ति विकास केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा नबिल बैंकका सीईओ शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण नै भएको र महिलाहरुको आर्थिक विकासको लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे ।



