नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष पौडेलद्वारा सपथ ग्रहण


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
नबिल बैंकका सञ्चालक समितिका अध्यक्ष पौडेलद्वारा सपथ ग्रहण

काठमाडौँ / नबिल बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसद पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । 

पुस ३० गते बसेको सञ्चालक समितिको बैठकबाट सर्वसम्मत रूपमा बैंक सञ्चालक समितिको अध्यक्षमा पुनः चयन भएका पौडलले माघ ५ गते बुधबार नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । 

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा बुधबार आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्वय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरूको उपस्थिती रहेको थियो ।

Read More