डिजिटल अर्थव्यवस्था र करारोपण


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
डिजिटल अर्थव्यवस्था र करारोपण

दुईवटा पक्षले प्रविधि उपयोग गरेर अंक, तथ्य र समरूपी संकेतहरू प्रविष्ट गर्न पाउने व्यवस्था नै डिजिटल वा आंकिकी व्यवस्था हो । कुनै पनि कुरालाई डिजिटल त्यतिखेर भनिन्छ जतिबेला यसले तथ्य, अंक र समरूपी संकेतहरू प्रविष्ट गर्ने प्रविधि अपनाउँछ । यसले गर्दा विश्वभरि नै तथ्य, अंक र समरूपी संकेतहरू जुनसुकै समयमा र शून्य सीमान्त लागतमा स्थानान्तरण गर्न सम्भव भएको छ । कुनै पनि आर्थिक कारोबारले अंक, तथ्य र समरूपी संकेतहरू प्रविष्ट गर्ने प्रविधि अपनाउँछ भने त्यहाँ डिजिटल तत्व समावेश भएको मान्नुपर्ने हुन्छ । डिजिटल तत्वभित्र डिजिटल सञ्चार, डिजिटल विषयवस्तु, डिजिटल यान्त्रिक नियन्त्रण, डिजिटल वितरण र डिजिटल भुक्तानीहरू पर्छन् । विश्व बैंकका दुई जना कर विज्ञहरूले डिजिटल तत्व भएको आर्थिक कारोबार र व्यवसाय गर्ने तरिकाहरूले नै कर व्यवस्थालाई प्रभाव पार्ने विश्लेषण गरेका छन् । उनीहरूको भनाइअनुसार कर व्यवस्थालाई प्रभाव पार्ने व्यावसायिक मोडललाई खास गरेर डिजिटल विषयवस्तु, डिजिटल वितरण र डिजिटल यान्त्रिक नियन्त्रणले प्रभाव पारिरहेको हुन्छ । यिनीहरू एकआपसमा जोडिएका हुन्छन् र संयुक्त रूपमै सञ्चालन हुन्छ ।

उदाहरणका लागि डिजिटल विषयवस्तुलाई डिजिटल वितरणबाट मात्र उपलब्ध गराउन सकिन्छ भने डिजिटल विषयवस्तुमा डिजिटल यान्त्रिक नियन्त्रणबाट मात्र उपलब्ध हुन्छ । डिजिटल वितरणले इन्टरनेटलाई वस्तु र सेवा उपलब्ध गराउने माध्यमका रूपमा उपयोग गर्छ भने यसका लागि डिजिटल सञ्चार व्यवस्थाको अति आवश्यक पर्छ । ब्रोडब्यान्ड इन्टरनेटमा पहुँचको विस्तार, विस्तारित मोबाइल सञ्जालको आगमन, सरल र सस्तो मूल्यमा डिजिटल उपकरणहरूको उपलब्धताले गर्दा विश्वभरिका उपभोक्ताहरूलाई बिना भौतिक उपस्थिति नै डिजिटल सामग्रीहरू उपलब्ध गराउने कार्य सम्भव हुन पुग्यो । यी सबै घटनाहरूको विकास सन् १९९० को दशकमा भएको मान्नुपर्छ ।

Read More
  • MBL - below news