पछिल्लो पटक नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको एक्युजिसन (समाहित र प्राप्त) को सम्झौताले नेपाली बैंकिङ जगतमा फेरि एक पटक मर्जरको चर्चा चुलिएको छ । ५०/५० को साझेदारीमा समान हैसियतमा यी दुई वाणिज्य बैंक मर्जरमा जाने सम्झौता नभएपनि एकीकृत कारोबार गर्ने सम्झौताले भने नेपाली बैंकिङ क्षेत्रमा तरंग नै ल्याएको हो ।
दुई ठूला वाणिज्य बैंक एकआपसमा मर्जर हुँदै गर्दा यसले फेरि नेपाली वित्तीय क्षेत्रमा कस्तो खालको परिवर्तन ल्याउने हो निकै चासोका साथ हेरिएको छ । त्यसो त यसअघि पनि केही ठूला वाणिज्य बैंकबीच ‘बीग मर्जर’ वा गाभ्ने/गाभिने क्रिया नभएका होइनन् । आर्थिक वर्ष २०७६/७७ मा दुई ठूला वाणिज्य बैंक ग्लोबल आईएमई बैंक र तत्कालीन जनता बैंक मर्जर भएर एउटै ‘ग्लोबल आईएमई बैंक’ बनेको थियो । जुन बैंक अहिले २१ अर्ब माथिको चुक्ता पुँजीसहित वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा ठूलो बैंकको रूपमा स्थापित छ ।




