कामना सेवा विकास बैंकले दोस्रो त्रैमाससम्म कमायो ३४ करोडभन्दा बढी नाफा


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंकले दोस्रो त्रैमाससम्म कमायो ३४ करोडभन्दा बढी नाफा

माघ ४, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्नेमा कामना सेवा विकास बैंक पहिलो बनेको छ । 

कम्पनीले मंगलवार दोस्रो त्रैमाससम्मका वित्तीय विवरण सार्वजनिक गरेको हो । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत वर्षभन्दा यस वर्ष करीब १२ प्रतिशतले घटेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म रू. ३९ करोड ४७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष सोही अवधिसम्म रू. ३४ करोड ३६ लाख ८१ हजार मात्र यो नाफा गरेको हो ।

गत वर्षभन्दा यस वर्ष कम्पनीको सञ्चालन नाफा ४१ दशमलव ५१ प्रतिशत वृद्धि भएको छ । गत वर्ष रू. ३४ करोड ६९ लाख ५६ हजार सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ४९ करोड ९ लाख ७३ हजार यो नाफा गरेको हो ।

सञ्चालन नाफा वृद्धि भए पनि कम्पनीको गैर सञ्चालन आम्दानी कम भएकाले खुद नाफा घट्न पुगेको हो । गत वर्ष रू. २१ करोड २ लाख ५४ हजार रहेको गैर सञ्चालन आम्दानी यो वर्ष रू. ९२ लाख ९१ हजारमा सिमित भएको हो । 

गत वर्षभन्दा यस वर्ष कम्पनीको वितरणयोग्य मुनाफा पनि ६४ दशमलव ४१ प्रतिशत कम भएको छ । गत वर्ष रू. २७ करोड १९ लाख ५७ हजार रहेको वितरण योग्य मुनाफा यस वर्ष रू. ९ करोड ६७ लाख ९२ हजारमा सीमित भएको हो ।

Read More
  • MBL - below news