माघ ३, काठमाडमौं । सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२१ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
नबिल इक्विटी फण्ड, अपि पावर कम्पनी, एनआईसी एशिया ब्यालेन्स फण्ड, अरुण भ्याली हाइड्रोपावर र हाइड्रो इलेक्ट्रीसिटी एण्ड डेभलपमेण्ट कम्पनीको शेयरमा उच्च खरीद माग रहेको हो ।
यी पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी नबिल इक्विटी फण्डको ५ लाख ५ हजार ९९६ इकाई खरीद माग रहेको छ । त्यसैगरी अपि पावर कम्पनीको ४ लाख ४६४ कित्ता, एनआईसी एशिया ब्यालेन्स फण्डको १ लाख ८१ हजार ६७५ इकाई, अरुण भ्याली हाइड्रोपावरको १ लाख ७४ हजार ७१२ कित्ता र हाइड्रो इलेक्ट्रीसिटीको १ लाख ६६ हजार ४१८ कित्ता शेयर खरीद माग रहेको हो ।




