काठमाडौं : धितोपत्र बजारमा सेयर खरिद र बिक्री गर्नका लागि व्यवस्थित पद्धतिको प्रयोग अपरिहार्य हुन्छ । जसलाई ‘कारोबार रणनीति’ अर्थात ‘ट्रेडिङ स्ट्राटेजी’ भन्ने गरिन्छ । कारोबार रणनीति लगानीकर्ताका पूर्वनिर्धरित नियमहरु र कारोबार निर्णयहरु लिँदा प्रयोग हुने मापदण्डमा आधारित हुने गर्दछ । रणनीति सरल र जटिल दुवै किसिमका हुने गरेका छन् ।
कतिपयले रणनीतिमा लगानी शैली (भ्याल्यू र ग्रोथ), बजार पुँजीकरण, प्राविधिक सूचक, आधारभूत विश्लेषण, इन्डस्ट्री सेक्टर, पोर्टफोलियो विविधिकरणको तह, होल्डिङ अवधि, जोखिम बहन क्षमता लगायतलाई पनि विशेष ध्यान दिने गर्दछन् । मुलभूत विषय भनेको, कारोबार रणनीति वस्तुपरक तथ्यांक र विश्लेषण प्रयोग गरी तयार गरिनु पर्दछ र लगनशीलताका साथ पालना गर्नु पर्दछ ।
साथै, बजारको वातावरण तथा व्यक्तिगत उद्देश्य परिवर्तनशील हुने भएकाले कारोबार रणनीति पनि आवधिक रुपमा पुनर्मूल्यांकन गरिनुपदर्छ । कारोबार रणनीतिमा राम्रोसँग विचार पुर्याइएका लगानी तथा कारोबार योजना समावेश भएको हुन्छ । जसले लगानी उद्दश्यहरु, जोखिम बहन क्षमता, समयसीमा र करका प्रभावहरु निर्दिष्ट गरेको हुन्छ । कारोबार रणनीतिमा सामान्यतयाः ३ चरणहरु हुन्छन् । ती हुन् : योजना बनाउने, कारोबार प्रक्रिया सुरु गर्ने र कार्यान्वयन गर्ने ।
योजना बनाउने चरणमा स्टक, बन्ड तथा इटीएफहरु खरिद र बिक्री गर्ने विधिको विकास गर्ने काम समावेश हुन्छ । साथै, अप्सन वा फ्यूचर्स जस्ता थप जटिल कारोबारमा विस्तार हुन सक्ने विषय पनि समावेश हुनसक्छ । कारोबार प्रक्रिया सुरु गर्दा ब्रोकर तथा ब्रोकर डिलरसँग काम गर्नुपर्ने हुन्छ ।
यस चरणमा कारोबार लागत, फि तथा कमिसन लगायतको पहिचान गरी व्यवस्थापन गर्ने कार्य हुन्छ । कार्यान्वयनको चरणमा गइसकेपछि आफ्नो ट्रेडिङ पोजिसनको नियमन र व्यवस्थापन हुन्छ । अवश्यकता अनुसार आफ्नो पोजिसनको मूल्यांकन र समायोजन हुन्छ भने जोखिम र प्रतिफलको लेखाजोखा पनि हुन्छ ।
कारोबार रणनीतिको विकास ...








