नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, २ नयाँ संचालक चयन


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, २ नयाँ संचालक चयन

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न भएको छ। कम्पनीले बुधबार साधारणसभा गरेको हो। 

सभाले कम्पनीको चुक्ता पूँजी रु.४१.१ करोड रहेकोमा ३८%बोनस शेयर वितरण गरी रु.५६.७६ करोडपु¥याउनुको साथै अधिकृत पुँजी रु.१अर्ब पु¥याउने निर्णय गरेको छ। साथै बोनस शेयरको कर प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको  छ।कम्पनीले पूँजीवृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने,जोखिम व्यवस्थापन लाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीच अन्र्तगतको हाल कार्यान्वयनमा रहेको  पूर्वाधार स्थापना गर्न उक्त पूँजी प्रयोग गर्ने जनाएको छ । 

कम्पनीले सञ्चालन गर्दै आएका भुक्तानी प्रणालीहरुको कारोवार शुल्कअत्याधिक रुपमा घटाएता पनि कम्पनीको भुक्तानी कारोबार संख्यामा उल्लेख्य वृद्धी भएको र अघिल्लो आ.व.को ४ महिनामा कोभिड–१९को पहिलो लकडाउनमा कम्पनीले सम्पूर्ण कारोवारको शुल्कमा छुट दिएको कारण आ.व. २०७७/७८ मा कम्पनीको खुदनाफा ३८%ले बृद्धी भएको छ । 

Read More
  • MBL - below news