‘साइबर सेक्यूरिटी सम्बन्धी अध्ययनसंगै रोजगारीको ग्यारेन्टी गर्नु हाम्रो उद्देश्य हो’


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
‘साइबर सेक्यूरिटी सम्बन्धी अध्ययनसंगै रोजगारीको ग्यारेन्टी गर्नु हाम्रो उद्देश्य हो’

नेपालीमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यले स्थापना भएको कलेज हो, ब्रिटिस कलेज । बेलायतको शिक्षा स्वदेशमा नै दिने उद्देश्य सहित सन् २०१२ मा स्थापना भएको द ब्रिटिस कलेजले अहिले ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) बाट मान्यताप्राप्त गरेको नेपालको एक मात्र शैक्षिक संस्था बन्न सफल भएको छ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पढाई संचालन गरेको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ब्रिटिस कलेजले यसै नोभेम्बर महिनाबाट सो विषयको पढाई संचालन गरेको हो । बेलायतमा इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट पनि यो विषयलाई मान्यता दिइएको छ । साथै कोरोना भाइरस (कोभिड– १९)को महामारीका कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको वृद्धि भएसँगै साइबरक्राइमको जोखिम पनि उत्तिकै रहेको हुँदा टीबीसीले संचालन गर्न लागेको यस विषयको पढाईले कुशल साइबर सुरक्षा र डिजिटल फरेन्सिकका विद्यार्थी उत्पादन गर्ने कलेजको लक्ष्य छ ।

केही समय अघि मात्रै कलेजले युनिभर्सिटी अफ द वेस्ट अफ इङ्ग्ल्याण्ड (युडब्लुइ) को सम्बन्धनमा सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयक पढाई पनि शुरु गरेको छ । ब्रिटिस कलेजले डिजिटल अर्थतन्त्रतर्फ द्रुत गतिमा अघि बढिरहेको नेपालभित्र साइबर सुरक्षा र डिजिटल फरेन्सिकको ठुलो आवश्यकता रहेकाले यससँग सम्बन्धीत शिक्षालाई पनि प्राथमिकता दिँदै आएको छ । साइबर सेक्युरिटीको पढाईले रोजगारी सृजना तथा हाल मार्केटमा देखिएको साइवर सुरक्षा सम्बन्धी समस्या कस्तो छ र यसको उपयोगी कस्तो रहेको भनेर आर्थिकन्युज डटकमका बिजय फुयाँलले कलेजका कार्यक्रम प्रमुख तथा एसोसिएट डीन अरुण जोशीसँग कुराकानी गरेका छन् । ब्रिटिस कलेजले नेपालमा लकडाउन भएमा अनलाइन कक्षालाई प्रभावकारी बनाउन हाइब्रेड प्रविधिबाट अनलाइन कक्षा सञ्चालन गर्दै छ ।  

Read More
  • MBL - below news