काठमाडौं । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई आज मर्ज गर्ने भएको छ । दुबै बैंकले मर्ज प्रक्रिया अघि बढाउन दिउँसो साढे ३ बजे समझदारीपत्र (एमओयू) मा हस्तक्षर गर्ने भएका हुन् ।
यद्यपि सेयर खरिद-बिक्रीको विषय नमिल्दा दुगड समूहले भने एनबी बैंकसहितलाई विपक्षि बनाएर अदालत पुगेको थियो तर नबिल भने झनै आक्रामक बन्दै आजै एनबीसंग एमओयू गर्न लागेको हो । नबिल बैंकको विश्वस्त स्रोतले दिएको जानकरी अनुसार केहि ‘क्रिटिकल इस्यु’मा कुरा मिल्न बाँकी छ, ती इस्युमा कुरा मिले आजै एमओयु हुनसक्ने सम्भावना ठुलो रहेको छ । ....




