अग्रिम कर कट्टी के हाे ? कुन-कुन भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्दछ ?


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
अग्रिम कर कट्टी के हाे ? कुन-कुन भुक्तानीमा अग्रिम कर कट्टी गर्नुपर्दछ ?

कर लाग्ने कारोबार गर्ने व्यक्तिलाई आयकरको दायरामा ल्याउन एवं नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा श्रोतमा कर कट्टी / अग्रिम कर कट्टी सम्बन्धी प्रावधान रहेको छ ।

कुनै पनि व्यक्तिले आय वर्षमा गरेको आयलाई ऐनको परिच्छेद १७ अन्तर्गत उल्लिखित दफामा उल्लेख गरिएका भुक्तानीका किसिममा भुक्तानी गर्दा कै अवस्थामा तोकिएको दरले कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिने व्यवस्थालाई भुक्तानीमा कर कट्टी भनिन्छ । अग्रिम कर कट्टी गर्ने तथा अग्रिम कर असुली गर्ने दायित्व भएको व्यक्तिले कर कानुनले तोकेको भुक्तानीमा कर कट्टी गर्नुपर्ने र लाभ तथा कारोवारमा अग्रिम कर असुली गर्नु पर्दछ । यसरी भुक्तानी कै समयमा अर्थात श्रोतमा नै कर कट्टी हुने भएकोले यसलाई भुक्तानी (श्रोत) मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ । भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाट कट्टा गर्ने हुँदा यसलाई Withholding Tax पनि भनिन्छ । आय गर्दाका बखतमा नै कर तिरिने भएकाले यसरी कर तिर्ने अवधारणालार्ई Pay As You Earn (PAYE) समेत भनिन्छ । यस प्रणालीले गर्दा सरकारलार्ई अग्रिममा राजस्व संकलन पनि हुने र करको दायरामा बढी करदाता समेटिनुका साथै सरकार तथा करदाता दुवैको कर संकलन लागत (Compliance Cost) पनि न्यून हुन जान्छ । विशेष गरी असंगठित क्षेत्र, छरिएका र साना भुक्तानी एवं निष्कृय आय हुने प्राकृतिक व्यक्ति (Hard to Tax Group) को आयमा कर लगाउने उद्देश्यले समेत यस्तो प्रबन्ध गरिएको हो ।

अग्रिम कर कट्टी कुन-कुन भुक्तानीमा गर्नुपर्दछ ? ...

Read More
  • MBL - below news