कामना सेवा विकास बैंक र नमस्ते पे बिच अनलाइन भुक्तानी सम्झौता


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
कामना सेवा विकास बैंक र नमस्ते पे बिच अनलाइन भुक्तानी सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नमस्ते पे बिच अनलाइन भुक्तानी सम्झौता भएको छ । कामना सेवा विकास बैंक र नमस्ते पे बिच नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने गरी साझेदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । 

उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रबिण बस्नेत र नमस्ते पे का प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारीले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।   

यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिनु भएका ग्राहाकहरुले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्नेछन् ।

Read More
  • MBL - below news