नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज कुमारी बैंक र लक्ष्मी लघुवित्तको गरि कुल ८९ लाख ६७ हजार १ सय ७४ दशमलव ९ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
आज नेप्सेमा कुमारी बैंकको ६ प्रतिशतले हुन आउने ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता बोनस शेयर र लक्ष्मी लघुवित्तको २० प्रतिशतले हुन आउने ६ लाख ४० हजार ९० कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।




