पुस २५, काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयर विन लघुवित्त वित्तीय संस्थाको नामबाट डिम्याट खातामा देखिएको छ ।
नेपाल सेवा लघुवित्त वित्तीय संस्था र वीन लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएपछि विन लघुवित्तको नामबाट एकीकृत कारोबार कात्तिक १५ गतेदेखि शुरु भएको हो ।
अब विन लघुवित्त वित्तीय संस्थाको नामबाट कम्पनीको शेयर कारोबार हुनेछ । कम्पनीको सिम्बोल डब्लुएनएलबि रहेको छ । कम्पनीको थप शेयर नेप्सेमा सूचीकृत भएपछि कारोबार शुरु हुनेछ ।






