महालक्ष्मी विकास बैंक लिमिटेडकाे वार्षिक साधारण सभा स्थगित भएकाे छ । शेयरधनीको कोरम नपुगेको भन्दै सभा स्थगित भएको हाे ।
बैंकको २० औं वार्षिक साधारण सभा आज (पौष २५ गते, आइतबार) आर्मी अफिसर्स क्लब भद्रकाली टुडिखेल, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भनिएकाे थियाे ।
यसअघि उच्च अदालत पाटनको आदेशपछि महालक्ष्मी विकास बैंकका सञ्चालकहरुको निर्वाचन कार्यक्रम स्थगित भएको थियाे ।




