महालक्ष्मीविकास बैंक र इजिलिंङ्क रेमिट्यान्सबीच सम्झौता, संसारको कुनै पनि स्थानबाट खातामा रकम जम्मा गर्न सकीने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
महालक्ष्मीविकास बैंक र इजिलिंङ्क रेमिट्यान्सबीच सम्झौता, संसारको कुनै पनि स्थानबाट खातामा रकम जम्मा गर्न सकीने

काठमाडौं । ग्राहकहरुलाई सरल,सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिटेन्स सम्बन्धि थप सुविधा प्रदान गर्ने उद्देश्यले इजिलिंङ्क रेमिट्यान्स प्रा. लि. सँग सम्झौता गरेको छ ।

बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक विशेष कार्यक्रमकाबीच उक्त सम्झौता पत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ईजिलिंङ्क रेमिटेन्सकातर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ च्यानलमार्फत आएको रकम तथा नेपाल भित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटाशाखाहरुमार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।

Read More