काठमाडौं । एनएमबि बैंकले आफ्नो जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी बैंकको २६ औं वार्षिक साधारणसभाले उक्त जारी पुँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो । हाल बैंकको वर्तमान जारी पूँजी १६,३२,५९,६०,८५२.६६ रुपैयाँ रहेको छ । १८,३६,६७,०५,९५९.२४ रुपैयाँ भएको छ ।
बैंकको जारी पूँजी बृद्धि गरिने भएकाले सो बराबर चुक्ता पूँजी पुयाउन वर्तमान चुक्ता पूँजीको १२.५० प्रतिशतको दरले हुन आउने रकम २,०४,०७,४५,१०६.५८ बराबरको बोनस शेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ । वोनस शेयर जारी भए पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी बृद्धि हुने भएकोले सोहि बमोजिम बैकको प्रवन्धपत्रको दफा ६ (ख) र (ग) मा संशोधन गर्ने, बैकको नियमावलीको नियम ३२ को उपनियम १ को ख (१) मा संशोधन गर्ने प्रस्ताव सभाले पारित गरेको छ।








