काठमाडौं : नेपाल एसबीआई बैंकको वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । त्रिभुवन आर्मि अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न सभाले लाभांश अनुमोदन गरेको छ । यस बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३.५०% बोनस सेयर र १.८१% नगद लाभांश वितरण गर्दैछ । बोनसपछि चुक्ता पुँजी वृद्धि भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि अनुमोदन भएको छ ।







