जनरल इन्स्योरेन्स कम्पनी र नेपाल क्लियरिङ हाउसबीच बुधबार सम्झौता भएको छ।
जनरल इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी सम्पूर्ण कारोबारहरू नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरेर डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने विषयमा सम्झौता भएको हो।
सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनससिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता पश्चात जनरल इन्स्योरेन्स एनसिएचएलको नेशनल पेमेन्ट स्वीचअन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेससँग जोडिने निर्जीवन बीमा कम्पनी बनेको छ। त्यस्तै यसले कम्पनीको आन्तरिक भुक्तानी प्रणालीलाई एनसिएचएल-आइपिएस र कनेक्ट आइपिएस प्रणालीसँग जोडी बीमा दाबी भुक्तानी, क्रेडिट नोट भुक्तानी, एजेन्ट कमिसन, सर्भे पेमेन्ट, तलब, भेण्डर भुक्तानीलगायत आफ्नो लगानीसम्बन्धी कारोबारहरू आबद्ध भएका बैंक खाताहरूबाट सोझै गर्न सक्नेछ।








