वित्तीय शिक्षा सबैका लागि आवश्यक छ : गभर्नर अधिकारी


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
वित्तीय शिक्षा सबैका लागि आवश्यक छ : गभर्नर अधिकारी

२० पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय साक्षरता कति छ भनेर नम्बरमा हेरेर नहुने बताएका छन् ।

दिगाे बैंकिङका लागि वित्तीय साक्षरता भन्ने नाराका साथ मंगलबारदेखि शुरु भएको बैंकिङ शिक्षा कार्यक्रममा बाेल्दै गभर्नर अधिकारीले बैंक खाता जनसंख्या भन्दा धेरै भए पनि साक्षरता भने त्याे संख्या हेरेर नहुने बताएका हुन् ।

वित्तीय साक्षरता सम्बन्धी धेरै कार्यक्रम भएको, सामग्रीहरु निर्माण भएकाे भए पनि अरु क्षेत्रको विषयमा जस्ताे गुगल र युट्युबमा नपाइने बताए । वित्तीय साक्षरताका विषयमा सबैलाई सचेत गराउनु एउटा चुनाैती भएको भन्दै उनले सञ्चारमाध्यम नै अग्रसर भएर याे अभियान शुरु हुनु खुसीको कुरा भएको बताए ।

कतिपयले डिजिटल काराेबारबारे नबुझेका कारण पनि काराेबार गर्न हिच्किचाउने गरेकाे उनले बताए । ‘कतिपयले क्यूआर त लिएका छन्, तर कसरी काम गर्ने भन्ने विषयमा नबुझ्दा हिच्किचाउनु पर्ने अवस्था छ,’ गभर्नर अधिकारीले भने, ‘अब बैंकिङ पहुँचमा आएकालाई बुझाउनु पर्ने बुझाउनुपर्ने र बैंकिङमा आउन बाँकीलाई ल्याउनुपर्नेछ ।’

Read More
  • MBL - below news