नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्था सम्बन्धीको एकीकृत निर्देशिका २०७७ लाई संशोधन गर्दै लघुवित्त वित्तीय संस्थाहरुको लाभांशमा कडाई गरेको छ ।
कुनै आर्थिक वर्षकोबीचको अवधिमा तोकिएको अनुपातमा न्युनतम पूँजीकोष कायम गर्न नसकेको भएतापनि सोहि आर्थिक वर्षको अन्त्यमा पूँजिकोष अनुपात कायम भएको आधारमा नगद लाभांश तथा बोनस शेयर वितरण गर्न नपाईने व्यवस्था राष्ट्र बैंकले गरेको छ । त्यस्तै, वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेको २० प्रतिशत भन्दा माथीको प्रस्तावित लाभांशको ५० प्रतिशत रकम साधारण जगेडा कोषमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७७ र सो पश्चात् २०७८ मंसिर ०७ सम्म जारी भएका परिपत्ररनिर्देशन समेतलाई समावेश गरी परिमार्जन गरेर एकीकृत निर्देशन, २०७८ जारी गरिएको छ ।
हेर्नुहोस् नेपाल राष्ट्र बैंकद्वारा जारी एकिकृत निर्देशन पूर्णपाठ सहित ।





