२० पुस, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लिलामीमा ल्याएको शेयर तोकिएको समयमा पर्याप्त आवेदन नपरेपछि पुनः मिति थप गरिएको छ । संस्थाको शेयर लिलामीमका लागि आवेदन दिने मिति थप हुनुका साथै न्युनतम मूल्यसमेत घटाइएको छ ।
पुस ४ गतेदेखि लिलामीमा ल्याएको तीन हजार ५०० कित्ता संस्थापक शेयर खरीदका लागि बोलपत्र पेस गर्ने अवधि दोस्रो पटक थप भएको छ । कम्पनीले यस पुस ११ गतेसम्म उक्त शेयर खरीदका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेकोमा पहिलो पटक सात दिन अवधि थप गरी पुस १८ गतेसम्म कायम गरेको थियो । यो अवधिमा पनि कम्पनीले दोस्रो पटक १० दिन थप गरी पुस २८ गतेसम्म कायम गरेको हो ।








