काठमाडौं : धितोपत्र बजारमा सक्रिय ३० म्युचुअल फन्डहरुले मंसिर महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छन् । यसअवधिमा सबै म्युचुअल फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ भने धेरैको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि घटेको छ । म्युचुअल फन्डले संकलन गरेको अधिकांश रकम सेयर बजारमा लगानी गरेका हुन्छन् । त्यसैले सेयर बजार घट्दा र बढ्दाको प्रत्यक्ष असर तथा प्रभाव फन्डहरुमा देखिन्छ । मंसिरमा बजार घट्दो क्रममा रहेकाले त्यसको नकारात्मक असर म्युचुअल फन्डको न्याभमा पनि देखिएको हो ।
न्याभका आधारमा सानिमा इक्विटी फन्ड अघि : ९ फन्डको न्याभ १० रुपैयाँभन्दा कम








