चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
चालु पुँजी कर्जामा कडाइ गर्दै राष्ट्र बैंक

व्यवसायी भन्छन्- अधिकतम् सीमा २० प्रतिशत मान्य हुँदैन

१८ पुस, काठमाडौं । चालु पुँजी कर्जामा भइरहेको वृद्धि रोक्न नेपाल राष्ट्र बैंकले मार्गदर्शन जारी गर्ने भएको छ । राष्ट्र बैंकले मार्गदर्शनको मस्यौदा समेत तयार पारेर सरोकारवालाहरुसँग सुझाव माग्न थालेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौदि्रक नीतिमा नै शेयर बजार लगायत क्षेत्रमा जाने कर्जामा कडाइ गर्दै आएको छ । पछिल्लो समय आयातमा कडाइ गरेको राष्ट्र बैंकले चालु पुँजी कर्जामा पनि कडाइ गर्न खोजे पछि व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

व्यवसायीहरुले सामान स्टक गर्न भन्दै लिएको ऋण अन्यत्र लगानी गरेको पाइएपछि मार्गदर्शन आवश्यक परेको राष्ट्र बैंकको प्रष्टिकरण छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट चालु पुँजी कर्जा व्यवस्थित गर्नका लागि मार्गदर्शनको मस्यौदा तयार पारिएको बताउँछन् । सरोकारवालाहरूसँग सुझाव लिएरमात्रै पारित हुने उनले बताए ।

Read More