केन्द्रीय बैंकले पेन्सन कोषमा रहेको १ अर्ब ७५ करोड मुद्दति निक्षेपमा लगानी गर्दै


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
केन्द्रीय बैंकले पेन्सन कोषमा रहेको १ अर्ब ७५ करोड मुद्दति निक्षेपमा लगानी गर्दै

काठमाडौं : केन्द्रीय बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब ७५ करोड रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ । उक्त रमकमध्ये १ अर्ब ४० करोड हाल लगानीमा रहेको हो भने ३५ करोड रुपैयाँ नयाँ लगानी रहेको केन्द्रीय बैंकले जनाएको छ । 

केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ४० करोड रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा २६ करोड २५ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा ८ करोड ७५ रुपैयाँ निक्षेपका रुपमा लगानी गरिनेछ ।

Read More