१८ पुस, काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक ‘ईएमआई फोन’ भन्ने सुविधा ल्याएको छ । यो सुविधाअन्तर्गत कुमारी बैंकमा तलव खाता भएका ग्राहकरुले आफूसँगै पैसा नभएपनि ईएमआईमा १५ हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मका सामाग्रीहरु खरिद गर्न पाउँछन् ।
बैंकले एफ वान सफ्ट इन्टरनेसनलसँगको सहकार्यमा ग्राहकहरुको सहजताका लागि नेपालमै पहिलो पटक यस्तो योजना ल्याएको बैंकका डिजिटल बैंकिङ प्रमुख अनिस ताम्राकार बताउँछन् । यो योजनाले बैंकका ग्राहकलाई दैनिक रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उनले बताए ।
कुमारी बैंकले आफ्ना सेवाहरुलाई प्रविधिमैत्री बनाउँदै लगेको छ । ग्राहकले आवश्यकता भए पनि एकै पटक रकम जम्मा नहुँदा कतिपय घरायसी सामाग्री किन्न पाएका हुँदैनन् । यो सुविधाले अब ग्राहकले ढुक्कसँग २ लाख रुपैयाँसम्मको सामान खरिद गर्न सक्नेछन् ।
एफ वान सˆट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्मा पनि यो सुविधाले कुमारी बैंकका ग्राहकहरुको चाहाना पुरा गर्ने बताउँछन् । पैसा नभएकै कारण चाहिएको सामग्री किन्नबाट बञ्चित हुनुपर्ने बाध्यता हट्ने उनले बताए ।





